(१) दफा ५ बमोजिम विवरण पत्र पेश गर्दा कुनै पक्षले अर्को पक्षको हकमा मर्का पर्ने गरी जानी जानी झुठो विवरण वा जाली सबूद प्रमाण पेश गरेमा निजलाई रु. १०००।– एक हजारसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
(२) यस ऐन बमोजिमको कुनै काम कारवाई गर्न लागेको कुनै अधिकार प्राप्त अधिकारीलाई कसैले सो काम गर्न नदिन कुनै बाधा विरोध गरेमा वा सो गर्न कसैलाई दुरुत्साहन दिएमा सो बाधा विरोध गर्ने वा दुरुत्साहन दिने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु. ५००।– पाँचसयसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
(३) कुनै जग्गाका सम्बन्धमा दफा ५ बमोजिम पेश गर्नु पर्ने विवरण सो दफा बमोजिमको म्यादभित्र कुनै पनि पक्षले पेश नगरेमा सो जग्गाको सम्बन्धमा जग्गाधनी र किसान दुवैको हक समाप्त भै नेपाल सरकार लाग्नेछ र सो जग्गा नेपाल सरकारले कुनै प्रकारले फेरी बन्दोबस्त गर्न सक्नेछ ।